STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठूलो तथा लामो अवार्ड दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड प्रवर्द्धनार्थ फुटबल

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २, सोमबार

विश्वको ठूलो तथा लामो अवार्ड भनेर चर्चा गरिएको  नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड कार्यक्रमको को दोस्रो संस्करणको  प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको सांस्कृतिक बस्ती खोकना स्थित ज्ञानोदय बाल बाटिका स्कुल को खेल मैदानमा कलाकारहरु बीच मैत्रीपूर्ण फुटबल तथा म्युजिकल कार्यक्रम सम्पन्न गरेको छ ।

यस मैत्रीपूर्ण संसार अवार्ड कपमा सबैले  फुटबल खेलमा सहभागपता जनाएका थिए । व्यावसायिक खेलाडीहरुको जस्तै झलक दिने गरी सहभागी सबैले राम्रो खेल प्रदर्शन गरेका थपए । खेलको साथमा म्युजिकल कार्यक्रममा सरस्वती मानन्धर, कृष्ण महर्जन, कल्पना श्रेष्ठ देखि स्त्री पुरुष दुबै स्वरमा गीत गाउनमा निपुण गायक किशोर कुमार शाहीसम्मको बेजोड प्रस्तुतिले सवैलाई मनमोहकता प्रदान गर्न सफल भएको थियो।

साथमा प्रमूख अतिथी  ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जन र विशिष्ट अतपथीहरुमा अग्रज कलाकर्मि पवन जोशी, नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर,  र पेजथ्री पिपुल्स च्वइस अवार्ड का संयाेजक सन्चारकर्मि दर्शनवीर शाक्य लगायतको विशिष्ट उपस्थितिमा  नेपाल सरकार चलचित्र विकास बोर्डमा हालै सल्लाहकारमा नियुक्त भएका चलचित्रकर्मी गोपालकाजी कायस्थ तथा नेपाल चलचित्र संघको महासचिवमा निर्वाचित चलचित्रकर्मी नरेन्द्र महर्जनलाई आयोजक संसार्स क्रियसन्स नेपालद्वारा  संस्थापक सदस्य प्रेमहा महर्जनबाट खादा अर्पण गरी प्रमूख अतिथी महर्जनबाट  विशेष बधाई सहितको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम संसार्स क्रियसन्स नेपालका अध्यक्ष तथा महाप्रबन्धक स्वतन्त्र संसार महर्जनको  अध्यक्षता तथा सभापतित्वमा सम्पन्न भएको थियो ।

Categorized in साहित्य-कला