STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डलरको मूल्य अहिलेसम्मकै उच्च

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २४, मंगलबार

काठमाडौं - डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसको अर्थ नेपाली रुपैयाँ थप कमजोर भएको छ । कच्चा पदार्थको मूल्यवृद्धि तथा तयारी वस्तुको ढुवानी तथा मूल्यवृद्धिका कारण नेपालजस्ता मुलुकको अर्थतन्त्रमा चुनौती थियाे । यही बेला डलरको मूल्य पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेपछि चुनाैती थपिएकाे विज्ञहरूले बताएका छन् ।

डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र थप समस्यामा पर्न सक्ने अर्थविद्हरूकाे भनाइ छ । अहिले १ डलरका लागि करिब १ सय २३ रुपैयाँ ४४ पैसा खर्चनुपर्ने देखिएको छ । मंगलबार विदेशी विनिमयदर अनुसार १ डलर खरिद गर्न १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्री गर्दा अर्थात् सर्वसाधारणले १ डलर किन्न १ सय २३ रुपैयाँ ४४ पैसा बुझाउनुपर्नेछ ।

यसअघि २०७७ वैशाखमा एक डलरको खरिद मूल्य १ सय २३ रुपैयाँ २४ पैसा पुगेको थियो । राष्ट्र बैंकका अधिकारीहरू अहिलेको आर्थिक स्थितिअनुसार डलरको मूल्य बढ्दा नेपाललाई थप आहत हुने बताउँछन् । मूल्यवृद्धिदर सन्तुलनमा राख्नुपर्ने र विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब रहेको छ । मूल्यवृद्धिदर बढ्ने र आयातको बिल पनि बढी हुने भएकोले दुवैमा दबाब हुने देखिएको हाे ।

Categorized in बिजनेस