STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार

विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी ९सिएमसी०को सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो । डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार भएपछि गए रातिदेखि मालवाहक गाडी आवतजावत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्र्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो । चिनियाँ सिएएमसी इञ्जिनीयरिङ कम्पनी र सडक डिभिजन कार्यालय पोखराले संयुक्तरूपमा २४ घण्टाभित्रै डाइभर्सनको पुनःनिर्माणको काम सम्पन्न गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सन अवलोकन गरी सिएमसीका प्रतिनिधिसँग कुराकानी गर्नुभएको र निर्माणका लागि आग्रह गर्नुभएको थियो । उक्त स्थानमा ११ वर्षअघि निर्मित पक्की पुल सात ठाउँमा चर्केर जोखिमयुक्त भएपछि मालवाहक गाडी डाइभर्सनबाट आवतजावत गर्दै आएका थिए । हाल स्टिलब्रिज रहेकोे स्थान नजिकै बेलिब्रिज निर्माणको काम भइरहेको छ । विजयपुर पुल हुँदै दैनिक पाँच हजारभन्दा बढी गाडी आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मिश्रले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय