STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डायलाइसिस सकिएकाले प्रम आजै निवास फर्कन सक्ने

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १४, बिहिबार

स्वास्थ्योपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस सम्पन्न भएकाले सम्भवतः उहाँ आजै निवास फर्कने तयारी भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे बुझ्न अस्पताल पुग्नुभएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीको स्वास्थ्यावस्था सामान्य रहेको र केहीबेर आराम गरी सम्भवतः आजै अस्पतालबाट घर फर्कने जानकारी दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीको भर्खरै डायलाइसिस भएको छ, चिकित्सकले मलाई बताएअनुसार एकैछिन विश्राम गरेर आज बालुवाटार पनि जान सक्नुहुन्छ, उहाँको हिजो एक चोटि डायलाइसिस भएको थियो, यसलाई पछि गर्नुपर्ने हो होइन त्यो चिकित्सकले नै भन्नुहुनेछ ।” प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री ईश्वर पोखरेल बुधबार अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर अस्पतालले भेटघाट कम गर्न आग्रह गरेको छ । अस्पतालले बुधबार बेलुका जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षण पूरा भएपछि उहाँ निवास फर्कने जनाइएको थियो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा बुधबार सो अस्पताल भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओली गत भदौ ५ देखि २० गतेसम्म सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि ९प्लाज्मा फेरेसिस०बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।
Categorized in राष्ट्रिय