STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डिसेम्बर १ बाट विद्यार्थीले अस्ट्रेलिया जान पाउने

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ६, सोमबार

६ मंसिर, काठमाडौं - कोरोनाविरुद्धको पूर्ण खोप लगाइएकाहरुले यात्रा छुटको लागि आवेदन नदिइ डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन्।

यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि उडानका लागि ढोका खुलेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्।

सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले दुवै डोज खोप लगाएका जापानी र कोरियाली नागरिकहरूले पनि क्वारेन्टिन बिनानै सोही मितिबाट अस्ट्रेलिया भ्रमण गर्न सक्ने घोषणा गरेका छन्। २८ खालका भिसाको पूर्ण सूची अस्ट्रेलियाली गृह मन्त्रालयको वेव साइटमा राखिएको जनाइएको छ।

अस्ट्रेलिया जान खोज्ने हरेकले पूर्ण खोप लगाएको हुनुपर्ने र अस्ट्रेलिया प्रस्थान गरेको तीन दिन भित्रमा पीसीआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नाइन न्यूजले जनाएको छ।

प्रत्येक राज्य र क्षेत्रमा अलअलग निमय भएका कारण न्यू साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियाको राजधानी क्षेत्रमा मात्र यात्रुहरुले क्वारेन्टिन विना उडान भर्न पाउने समाचारमा जनाइएको छ।

Categorized in शिक्षा