STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेमोक्र्याट नेताको राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २३, बुधबार

 पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाउनुभएको छ । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहनुभएका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाउनुभएको हो । उहाँले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताउनुभयो । यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रिय रुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्यो– उहाँले भन्नुभएको छ । यदि अमेरिकाका विरुद्धमा त्यस्तो धम्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटोहरु हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले हत्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरुलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताउनुभयो । उहाँले भन्नुभयो– हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको जिम्मेवारी को हुन्छ रु एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रुपमा युद्धको नजिक अमेरिकालाई पनि पु¥याएको उहाँले आरोप लगाउनुभयो । पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो– विरोधीहरुलाई हराउने र उनीहरुलाई कूटनीतिक रुपमा तल पार्ने यसरी युद्धको भावना जगाएर होइन, अर्कै व्यवहारले हो । अमेरिका इरानसँग युद्ध चाहन्छ– इरानी विदेशमन्त्री यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको अरोप लगाउनुभएको छ । उहाँले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताउनुभयो । विदेशमन्त्री जरिफले सुलेमानीको हत्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलापहरुलाई नै आतंककारी क्रियाकलाप भन्ने हो भन्नुभयो । उहाँले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छोड्ने पनि बताउनुभयो । उहाँले भन्नभयो– हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य कमाण्डरको हत्याको बदल लिनेछौँ ।
Categorized in अन्तर्राष्ट्रिय