STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डोटीमा जिप दुर्घटनामा वडासचिवसहित ३ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २१, आइतबार

डोटी - डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नाराण्ण भट्टको मृत्यु भएको छ भने अर्का एकजना मृतकको सनाखत हुन सकेकाे छैन।

डोटीको दिपायलबाट बोगटान फुड्सिल आउँदै गरेको जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चवराचौतारामा दुर्घटनामा परेको हो ।

घाईतेहरुलाई दिपायल पठाउने तयारी भईररहेको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए।

 

Categorized in अपराध-दुर्घटना