STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ढिला भए पनि दोस्रो खोप प्रभावकारी : मन्त्रालय

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ९, बुधबार

काठमाडौँ - सरकारले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको ९ महिनापछि दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलद्वारा आज आयोजित प्रेस विफ्रिङमा प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले पहिलो मात्रा खोप लगाएकाले दोस्रो मात्रा खोप लगाउन ढिलो भए पनि यसले राम्रो काम गरेको अध्ययनहरूले देखाएको बताए ।

यस्तै सरकारले करिब १ करोड १४ लाख डोज कोरोना विरुद्धको खोप नेपालमा ल्याएको र ८८ लाख डोज प्रयोग भइसकेको प्रवक्ता डा. पौडेलले जानकारी दिए ।

असोज महिनाभित्र एकतिहाई र चैत महिनाभित्र सबै जनसङ्ख्यालाई कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने सरकारको तयारी रहेको समेत मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । यस्तै आज ६५ हजार ६६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

Categorized in स्वास्थ्य-मौसम