तपाईंको प्रश्न, मेयर शाक्यको जवाफ
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २५, मंगलबार
"नेवाः युट्युब च्यानलको प्रत्यक्ष प्रशारणबाट मेयर शाक्यले महानगरबासीका जिज्ञासाका जवाफ दिने"
काठमाडौं– लकडाउनको समय काठमाडौं महानगरपालिकाले के कस्ता काम गरिरहेका छन् बुझ्न चाहनुहुन्छ वा महानगरपालिकासँग तपाईंका केही जिज्ञासा वा प्रश्न छन् ? अब तपाईंको जिज्ञासा तथा प्रश्नको उत्तर स्वयं काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले दिनेछन् । नेवाः युट्युबले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरसँग शाक्यसँग अनलाइन अन्तर्वार्ता लिने भएका छन् । यसको लागि मेयर शाक्यसँग जिज्ञासा र प्रश्नहरु राख्न महानगरबासीमा आह्वान पनि गरिएको छ । चैत २७ गते बिहीबार दिउँसो ४ बजे नेवाः युट्युब च्यानलको प्रत्यक्ष प्रशारणबाट मेयर शाक्यले महानगरबासीका जिज्ञासाका जवाफ दिनेछन् । उक्त अन्तर्वार्ताको लागि पवित्र कसाःले संयोजकको भूमिका निर्वाह गर्नेछन् । मेयरसँग सोध्नुपर्ने जिज्ञासा, प्रश्नहरु newaon1135@gmail.com मा ईमेल गर्न पनि महानगरबासीमा आह्वान गरिएको छ । यस कार्यक्रमबारे थप जिज्ञासा भए ९८५१०८१७५० वा ९८४१४७९३८९ मा सम्पर्क गरी बुझ्न सकिने पनि जनाइएको छ । प्रश्नहरुको सोधिने अन्तिम मिति चैत २६ गते रातिको १० बजेसम्म तोकिएको छ । नेवाः युट्युबले सामाजिक सञ्जाल युट्युबमार्फत् नेवार समुदायलगायत आदिवासी, जनजातिका समाचार, विचार तथा समसामयिक राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाका विषयमा भिडियो फिचर, अन्तर्वार्ता तथा लघुफिल्महरु प्रशारण गर्दै आइरहेको छ । Categorized in राष्ट्रिय


