STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तस्कर र प्रहरीबीच झडप

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २८, बुधबार

सप्तरी – सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।

उक्त घटना मंगलबार राती १० बजे राजविराज नगरपालिका-१३ मुसहर्नियाँमको हो। जहाँ प्रहरी र तस्करहरूबीच झडप भएको थियो।

भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो।

प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए।

६०/७० जना स्थानीय भेला भएर प्रहरीमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए।

आफ्नो सुरक्षाको लागि प्रहरीले चार राउन्ड हवाई फायर समेत गरेको थियो।

पछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटिएको थियो।

घाइते हुनेमा प्रहरी जवान दिपेन्द्र साह र प्रहरी हवल्दार कमलदेव यादव छन्। उनीहरू दुबै जनाको टाउकोमा चोट लागेको छ। साहको भने टाउकोमा सातवटा टाका लगाइएको छ।

तस्करहरूले के सामान ल्याएका थिए भन्ने खुल्न नपाउँदै झडप भएको उनले बताए।

’उताबाट पटाका, सुर्तिजन्य पदार्थ, कपडा लगायत धेरै किसिमका सामान ल्याउछन्। तर हिजो के के ल्याएका थिए भन्ने रिपोर्ट गर्न नपाँउदै झडप भयो,’उनले भने,’सामान सबै उनीहरूले एक मोटरसाइकल हामीले नियन्त्रणमा लिएका छौं।’

त्यस्तै यस घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्। यस घटनाका मुख्य व्यक्तिहरूलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक धमलाले बताए।

Categorized in अपराध-दुर्घटना