ताम्रकार समाज मा दोहरिए बिनोद ताम्रकार
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष २९, मंगलबार
ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो ।
ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालभाषा मंका: खल:, यलका अध्यक्ष महेन्द्र महर्जन्, यल नेवा: समाजका अध्यक्ष नानीकाजी शाक्यले पनि मन्तव्य राख्नु भएको थियो । समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकारको उपस्थिती रहेको उक्त कार्यक्रममा अठार जवान जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने एस इइ देखी स्नातकोत्तर तह उतिर्ण गरेका समाजका करिव सयजना विद्यार्थीहरु लाई शैक्षिक सम्मान गरिएको थियो । कार्यक्रममा दाता सम्मान्, आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिका रुपमा प्रदान गरिंदै आइरहेको नगद रु पन्ध्र हजार सहितको उग्रचण्डी प्रतिभा सम्मान यसवर्ष चित्रकला विधा एवं पुस्तक लेखिका कृषा ताम्रकारलाई प्रमुख अतिथिले कदरपत्र सहित सम्मान गर्नुभएको थियो ।
उदघाटन सत्र पश्चात भएको बन्दसत्रमा महासचिव दिपेश ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विमल ताम्रकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बन्दसत्र पश्चात भएको निर्वाचनमा अध्यक्ष लगायत सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष पदमा पुन्: विनोद ताम्रकार आउनु भएको छ भने सदस्यहरुमा शम्भुगोविन्द ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, बिजय ताम्रकार, मनोज ताम्रकार(नक्साल्), प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार (हौगल्), निता ताम्रकार, सजेश ताम्रकार निर्वाचित भएका छन । समाजको विधान बमोजिम सदस्यहरुको पद विभाजन कार्यसमितिको बैठकबाट गरिनेछन । निर्वर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार पदेन रुपमा कार्यसमितिमा रहनेछन ।
Categorized in राष्ट्रिय

