STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीजमा सार्वजनिक बिदा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १४, शनिबार

तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ । यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो ।
Categorized in राष्ट्रिय