तीनकुने घटनाका घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार
काठमाडौं - सरकारले काठमाडौंको तीनकुनेमा भएको घटनाप्रति घोर भर्त्सना भएको जनाएको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानिसको ज्यान जानेगरी भएको लुटपाट, आगजनी, तोडफोड भएको घटनाप्रति भर्त्सना भएको जनाएका छन् ।
मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको उनले बताए ।
साथै, सो क्रममा घाइते भएकाहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
शुक्रबारको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।
Categorized in राजनीति

