STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन दिने शर्ट फिल्म वर्कशप सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

नेपाल भाषाका चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाइटीको आयोजनामा असार २९ देखि( ३१गतेसम्मको तीन दिने वर्कशप मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार , चलचित्र वकास बोर्ड सह आयोजक रहेको सो वर्कशपमा अग्रज चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर ू असंबरेूले आदिवासीचलचित्रको इतिहास र विकासका साथै शर्ट फिल्ममा आदिवासी मुद्दा बारे प्रशिक्षण दिएका थिए । यस्तै गरी ओस्कार कलेज अफ फिल्म स्टडिजबाट डिप्लोमा हासिल गरेका राकेश महर्जनले शर्ट फिल्मको शैलीबारे प्रशिक्षणदिएका थिए । तीन दिने शर्ट फिल्म वर्कशपमा नेवाः फिल्म सोसाइटीका महासचिव एवं संचारकर्मि विराजकाजी राजोपाध्यायले शर्ट फिल्म निर्माण गर्ने प्रक्रिया बारेमा प्रशिक्षण दिएका थिए । सोसाइटीका अध्यक्ष लूजः सिंह उपाध्यक्ष दर्शनवीर शाक्य सहजकर्ता रहेको तीन दिने शर्ट फिल्म वर्कसपको समापन कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमाु मा नायकको आमा भएर खेलेकी अनि पहिलो रंगीन चलचित्र ‘कुमारी’ की नायिका चैत्यदेवी सिंह प्रमुख अतिथिका रुपमा उपस्थित भएकी थिईन् । सो तीन दिने शर्ट शर्ट फिल्म वर्कशपमा नेपालभाषा चलचित्र र संचार क्षेत्रमा सक्रिय रहँदै आएका रुपेन्द्र श्रेष्ठ, प्रेरणा शाक्य, प्रज्वल शाक्य, आराध्य लक्ष्मी खडगी, योबन शाक्य, हरिकृष्ण दुवाल,राजाराम नापियो,सबिना गोपाली लगायतका साथै चन्दा थापा आदि जस्ता गैर नेवार हरु पनि सहभागी भई प्रशिक्षण हासिल गरेका थिए भने समापन समारोहमा प्रमुख अतिथि चैत्यदेवी सिंहले सहभागी सबै लाई प्रमाणपत्र प्रदान गरेका थिए। ।
Categorized in सिनेमा