STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"तुयू मैंचा हाकु मैंचा” बोलको गीतमा युवा पुस्ताको प्रवेश

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २, मंगलबार

नेपालभाषाको ‘तुयू मैंचा हाकु मैंचा’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत र संगीत क्षेत्रमा युवा पुस्ताको प्रवेश स्वरुप नव गायकद्वय शिरिष र सुजल मानन्धरको स्वर रहेको  छ । 

सार्वजनिक गरिएको म्युजिक भिडियोमा हास्य कलाकार र मुक्तक प्रस्तुतिका लागि ख्यातिप्राप्त सुरेन्द्र मानन्धरको रचना र निर्देशन रहेको छ । यो भिडियोमा नवप्रवेशी कलाकार तृषा मानन्धर र सलिशा मानन्धरले अभिनयमा गायकद्वयलाई साथ दिएका छन् ।

नेवाः एचडी टेलिभिजनको सभास्थलमा सम्पन्न प्रिमियर  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर असंबरेले गीत र संगीत क्षेत्रमा नयाँ कलाकारहरुको प्रवेश अनिवार्य रहेको कुराको चर्चा गरे । यसकासाथै उनले औपचारिक शिक्षासँगै संगीत क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालभाषाको गीत र संगीतलाई पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रिमियर गरिएको गीतमा सुरेनमान शाक्य र सुरेन्द्र मानन्धरले संयुक्त रुपमा संगीत रहेका छन् । अन्जन श्रेष्ठले एरेन्ज गरेको यस गीतमा ईन्द्र मानन्धरको इडिटिङ र अमन महर्जनको सिनेमाटोग्राफी रहेको छ । गीतमा किरण जोशी र रबिता बकेले नृत्य निर्देशन गरेका छन् । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सिनेकर्मी तथा पेजथ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्य, समाजसेवी रामकृष्ण खड्गी ‘जुजु’, सञ्चार उद्यमी नवीन जोशी, कलाकारहरु क्रमशः सिरु, विमला मानन्धर, लजना, सुरेश मानन्धर, ध्रुव कपालीलगायतको सहभागिता थियो ।

टेकुस्थित नेवाः एचडी टेलिभिजनको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रिमियर गरिएको म्युजिक भिडियोलाई अनलाइनमार्फत हेर्न निम्न युट्यूबको लिङ्क क्लीक गर्न सक्नुहुन्छ ।

समाचार स्रोत - के के मानन्धर

 

https://www.youtube.com/watch?v=qWjXXs5tWf4

Categorized in साहित्य-कला