STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तेह्रथुम आगलागीमा १४ घर जलेर नष्ट

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १२, शुक्रबार

काठमाडौं- तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए ।

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन फिदिम नगरपालिकाको दमकल घटनास्थल पुगेको छ ।

Categorized in अपराध-दुर्घटना