STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

त्रिपन्न विद्यालय निर्माण गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षा बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५÷०७६ बाट शुरु भई आव २०७६÷०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो । भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय आयोजनाबाट स्वीकृति भएर आएको ५३ विद्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा तनहुँका इकाइ प्रमुख सूर्यप्रसाद क्षेत्रीले जानकारी दिनुभयो । “दुई कोठाका २५, तीन कोठाका ६ र चार कोठाका २२ वटा विद्यालय भवन निर्माण गरिनेछ”, उहाँले भन्नुभयो, “दुईकोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, तीन कोठेका लागि रु ३५ लाख ८० हजार र चार कोठे भवनका लागि रु ७० लाख ४० हजार लागत अनुमान रहेको छ ।” गत आवमा भूकम्पले बढी क्षति भएका निर्माणाधीन ५२ विद्यालयमध्ये पाँच वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको र अन्यको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । “विद्यालय भवन निर्माणको साथसाथै ५२ वटा विद्यालयमा शौचालयसमेत निर्माण गर्ने योजना रहेको छ”, इकाइ प्रमुख क्षेत्रीले भन्नुभयो, “छात्राछात्र र अपाङ्गता भएका विद्यार्थीहरुका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण गरिनेछ ।” बाउन्न वटा शौचालय निर्माणका लागि रु १५ लाख लागत अनुमान गरेको उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय