STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

त्रिविले आइतबार बिदा नदिने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।

कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ ।

जारी सुचनामा भनिएको छ,‘विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहनेछन् ।’

शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो ।

Categorized in शिक्षा