थपिए २५०८ नयाँ संक्रमित, उपत्यकामा मात्र १३५७
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १५, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय आठ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
उपत्यकामा ७ सय ८८ पुरुष र ५ सय ६९ महिला गरेर १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
२४ घण्टामा २ हजार २ सय ६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ ।
त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।
Categorized in राष्ट्रिय


