थपिए ३,३०९ संक्रमित, २४ घण्टामा ३० संक्रमितको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १९, बुधबार
काठमाडाैं – पछिल्लाे २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म १ हजार ३४ संक्रमितको मृत्यु भएको छ ।
आज बुधबार कोरोनामुक्त भएर ३ हजार ८ सय ४४ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको छ भने १३ सय ५ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४४८७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ ।
Categorized in राष्ट्रिय

