STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप एकजना संक्रमित भेटिए, कुल संक्रमित २४६ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएअनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । नवलपरासी देवचुली १२ का ती व्यक्तिमा संक्रमण देखिएको र उनी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यसअघि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण भेटिएको हो । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो । बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ । उनलाई संक्रमण देखिएसँगै उपचारमा संलग्न चिकित्सक क्वारेन्टाइनमा बसेका छन् ।
Categorized in राष्ट्रिय