थप तीनजनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – नेपालमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २९५ पुगेको छ ।
प्रदेश १ विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।
संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
Categorized in राष्ट्रिय