थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ४३ पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार
काठमाडौं : बिहीबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ। बुधबार १०० र मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
गौतमका अनुसार बिहीबार वीरगञ्जमा एक जनाको मृत्यु भएको हो। वीरगन्जको माइस्थानका ४० वर्षीय ती पुरुषको साउन ७ गते मृत्यु भएको हो। बुधबार धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ ।
Categorized in राष्ट्रिय