थप १५ जनामा संक्रमण पुष्टि, एकै दिन १२९ जनामा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार
काठमाडौं – कर्णालीमा थप १५ जनामा कोरोना पुष्टि भएसँगै बुधबार एकै दिन १२९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि बुधबार ११४ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै कुल संक्रमितको संख्या पनि ९०१ पुगेको छ ।
वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।
अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।
नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।
(यो पनि पढ्नुहोस् : एकै दिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ८८६ पुग्यो)
Categorized in राष्ट्रिय