STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ६०० नाघ्याे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

काठमाडौं - आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जना मध्ये दुई जनामा फेरि संक्रमण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका छन् । अन्य सातजना भने घर गएका छन् । नेपालमा संक्रमितको संख्याले ६ सय नाघ्दा  निको हुनेको संख्या  ८७ पुगेको छ ।  अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् । 

एक संक्रमित अस्पतालबाट भागे

प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट आइतबार एक कोरोना संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन्। अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक-पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए । संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ। संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
Categorized in राष्ट्रिय