STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार

काठमाडौं – नेपालमा काेराेना संक्रमितकाे संख्या फेरि बढेकाे छ ।  पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे । अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृतकको संख्या ८३ पुगेको छ ।
Categorized in राष्ट्रिय