STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, टेकु अस्पतालबाट चारजना डिस्चार्ज

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

काठमाडौं – नेपालमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल कोरोना संक्रमितको संख्या ४५३ जना पुगेका छन् । झापामा ८ र रुपन्देहीका एकजना गरी ९ जनामा बिहीबार कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

टेकु अस्पतालबाट चारजना डिस्चार्ज

कोरोनाभाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए । दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । अब टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जनामात्रै रहेको निर्देशक राजभण्डरीले बताए ।
Categorized in राष्ट्रिय