थारुवान प्रदेश माग्दै आमरण अनशन
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३, शनिबार
थरुहट–थारुवान राष्ट्रिय मुक्ति मोर्चाले फागुन १ देखि कैलालीमा आमरण अनशन थालेको छ ।
मोर्चाका नेता लक्ष्मण थारुलगायत टिकापुर घटनाको आरोपमा जेल परेका ११ जना आन्दोलनकारीका श्रीमतीहरु अनशनमा बसेका हुन् ।
कैलालीको क्याम्पसचोक दोबाटोमा आमरण अनशन जारी छ ।
मोर्चाले संघर्ष घोषणा गरेको दिनदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संविधान संशोधन, थारुवान प्रदेश, राजपाका थारु सांसद रेशम चौधरीलाई छोड्नुपर्ने र टिकापुर घटनाको आरोपमा समातिएका ११ जना आन्दोलनकारीको मुद्दा फिर्ता लिनुपर्ने मागहरु मोर्चाले राखेका छन् ।
मोर्चाको आन्दोलनलाई आदिवासी जनजाति महासंघ, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चालगायतका दलहरुले समर्थन गरेका छन् ।
आफ्ना मागहरु पूरा नभएमा छिट्टै अनिश्चितकालीन कैलाली बन्दको धम्की पनि मोर्चाले दिएको छ ।
Categorized in राजनीति