STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दल विभाजनसम्बन्धी रिटमा कारण देखाउ आदेश

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ८, शुक्रबार

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेनन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

रिटमा नेपाल सरकार, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको थियो ।  अधिवक्ता अर्जुनकुमार अर्याल, श्रीकान्त बराललगायत ८ जनाले संसद छलेर ल्याइएको अध्यादेश बदर गर्दै सोही अध्यादेश अनुसार दर्ता भएको दल खारेज गर्न रिट निवेदन हालेका थिए ।

Categorized in राजनीति