STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई करोडको अस्पताल भवन प्रयोगविहीन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १४, बिहिबार

षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण सम्पन्न गरेको सो अस्पताल भवनको संरक्षण हुन नसक्दा अहिले भत्किन थालेको छ । संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि रहेको गेटको पिलर र दक्षिण भागमा रहेको बाहिरी पर्खाल भत्किएको छ । भारतीय राजदूतावासका प्रतिनिधि वेदप्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरपालिकाका प्रमुख वीरबल राईलाई विसं २०७५ मङ्सिर २८ गते भवनको ताला, चाबी जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाईँले जानकारी दिनुभयो । नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरुप भारतीय सहयोगमा अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याउने नगरप्रमुख राईले बताउनुभयो ।
Categorized in राष्ट्रिय