STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौं - सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु र एक घाइते  भएका छन्। सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ।

घाइतेहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १५ वर्षीय युवराज कुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको छ।

Categorized in अपराध-दुर्घटना