दुई सडक शिलान्यास
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो ।
प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्नतिका काम जिम्मा लिएको छ । साकेला गाउँपालिका–५ मात्तिमस्थित साप्सुखोला किनारमा शनिबार प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सडक स्तरोन्ततिको शिलान्यास गर्नुभएको हो ।
दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक ९२१ किलोमिटर० मध्ये हाल ७।५ किलोमिटर खण्ड स्तरोन्नति गर्नेगरी काम थालिएको छ । रु एक करोड ७९ लाख ४० हजारमा सो काम पूरा गर्ने गरी गत वैशाख २ गते सम्झौता गरिएको थियो ।
यस्तै, कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ ९२२ किलोटिमर० मध्ये ७।५ किलोमिटर खण्ड काम गर्नेगरी काम थालिएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । काष्ठमण्डप–आजाद जेभीले रु दुई करोड २३ लाख १२ हजारमा काम पूरा गर्नेगरी सो सडक स्तरोन्नति ठेक्का लिएको हो ।
Categorized in राष्ट्रिय


