STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्घटनमा प्रहरी जवानको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ११, सोमबार

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उहाँले बताउनुभयो । दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना