STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुवै मिर्गौलामा समस्या सहयोगको अपेक्षा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

झट्ट सुन्दा पनि कहाली लागेर आउँछ, १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मिर्गौलामा समस्या आएपछि यतिखेर उहाँका बाबु वीरबहादुर पुन यतिखेर ठूलो चिन्तामा हुनुहुन्छ ।
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आउनुभएका वीरबहादुर र उहाँकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।
“छोरीको उपचारमा अहिलेसम्म रु १० लाख जति खर्च लागिसक्यो, यही पनि ऋणधन तथा आफन्तको सहयोगबाट गरेका हौँ”, उहाँले भन्नुभयो, “खै चिकित्सकले सम्पूर्ण उपचार गर्न अझै रु २५ लाखभन्दा बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्योलमा छौँ ।”
चिकित्सकले आफन्तबाट नै मिर्गौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उहाँले सुनाउनुभयो । अचानक स्वास्थ्यमा समस्या आएपछि पुन दम्पतीले कल्पनाको काठमाडौँस्थित किष्ट अस्पतालमा झण्डै दुई महीना भर्ना गरेका थिए । उक्त क्रममा नै दुवै मिर्गौला खराब भएको थाहा भएको थियो ।
सामान्य मजदुरी गर्दै आएको आफूहरूको परिवारमा छोरीलाई अत्यधिक खर्चिलो रोगले च्यापेपछि रातदिन उपचारकै कुराले पिरोलिरहेको उहाँले दुखेसो सुनाउनुभयो । असल मन भएकाहरुको सहयोग पाएमा आफूलाई छोरी बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोगदातालाई आफ्नो मोबाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
 
कल्पना पोखरा महानगरपालिका–३३ भरतपोखरीको कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनका दुई दिदी र एक भाइ पनि सोही विद्यालयमै पढ्छन् । उनको पोखरास्थित गण्डकी अस्पतालको मेडिकल वार्डको ४ नं बेडमा उपचार भइरहेको छ ।
कल्पनाका दुवै मिर्गौलामा समस्या आई उपचार गरिरहँदा उनका साथीभाइका साथै समग्र विद्यालय परिवार पनि यतिखेर चिन्तामा छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा सङ्कलित रु २८ हजार सहयोग रकम मङ्गलबारै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गर्नुभयो ।
Categorized in राष्ट्रिय