STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देव गुरुङलाई ओली समुहले प्रमुख सचेतकबाट हटायो

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १४, शुक्रबार

काठमाडौँ - नेकपाको ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

शुक्रवार प्रदेश १ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले आफूले नेता देव गुरुङलाई धन्यवाद दिँदै विशाल भट्टराइलाई नियुक्त गरेको जानकारी गराएको उपनेता नेम्वाङले जानकारी दिए ।

पार्टीको संसदीय दलको नेताले प्रमुख सचेतक छान्ने व्यवस्था रहेको छ ।

Categorized in राजनीति