STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर चिसो बढ्यो

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १३, बुधबार

काठमाडाैं - विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।

मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । 

उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव एक डिग्री सेल्सियस, ताप्लेजुङको तीन दशमलव पाँच, लुम्लेको चार, डडेल्धुराको चार दशमलव चार डिग्री सेल्सियस, जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ, जोमसोमको माइनस पाँच र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।

Categorized in स्वास्थ्य-मौसम