STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर चिसो वृद्धि उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ३, बिहिबार

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ । “चिसो अझै बढ्ने क्रममा छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु÷कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् । त्यस्तै महाशाखाले बिहीबार आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गदैँ तराईका भू–भागमा हिजो भन्दा आज मौसममा क्रमिक सुधार हुदैँ गए तापनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनता तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । सबै भन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
Categorized in राष्ट्रिय