देशभर २७५३ संक्रमित थपिए, उपत्यकामा मात्र १५१२
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २२, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रमितको संख्या ८७ हजार नाघेको छ भने ४०६ जनाको मृत्यु भइसकेको छ।
काठमाडौं जिल्लामा मात्र ७० हजार ७७३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५ हजार ४५५ सक्रिय संक्रमित छन् भने ५५ हजार ४८ जनाले कोरोना जितिसकेका छन्। जिल्लामा मृतकको संख्या २७० पुगेको छ। ९ हजार ९९१ संक्रमित रहेको ललितपुरमा ७ हजार ७३४ जनाले कोरोना जितेका छन्। २१ सय ९१ जना सक्रिय संक्रमित रहेको ललितपुरमा ६६ जनाले ज्यान गुमाएका छन्।
योसँगै काठमाडौं जिल्लामा मात्र होम आइसोलेनमा बस्नेको संख्या ११ हजार ५७० पुगेको छ। ललितपुरमा १८०३ र भक्तपुरमा १७ सय ५० जना होम आइसोलेशनमा छन्। भक्तपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ हजार ४३० पुगेको छ। ५ हजार १४४ जनाले कोरोना जितेको भक्तपुरमा १२ सय १६ जना सक्रिय संक्रमित छन् भने ७० जनाको मृत्यु भइसकेको छ।
शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन् ।
Categorized in राष्ट्रिय

