STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दोषीलाई कारवाहीको माग

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । 
सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ । 
शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गरिएको विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत वृद्धि गर्न, निजी शैक्षिक संस्थाले गैरकानूनी रुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरिएको छ । 
राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्र सेवकले आफ्ना सन्ततिलाई अनिवार्य रुपमा सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्थाको उल्लेख गरिएको विज्ञप्तिमा मेडिकल कलेजको मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी जनताको प्रतिव्यक्ति आयका आधारमा निश्चित शुल्क लिन वैज्ञानिक शुल्क निर्धारणलगायतको माग गरिएको छ । 
यसैबीच सङ्गठनका नेता ऋषिकेशजङ्ग शाहले अनुसन्धानका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्रलगायत संस्था तथा विज्ञसँग सङ्गठनले आगामी जेठ ११ गते छलफल गरी सुझाव सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय