STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दोहोरो अङ्कले बढ्यो शेयर बजार

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर रु २९ करोड ३९ लाख ३८ हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये अनुत्पादन समूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर १८ दशमलव ६९ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १३ दशमलव ९२, होटल शुन्य दशमलव चार, विकास बैंक १७ दशमलव ९१, जलविद्युत् १७ दशमलव शुन्य चार, वित्त चार दशमलव ४१, निर्जीवन बीमा १०५् दशमलव २४, अन्य पाँच दशमलव ७३, लघुवित्त २२ दशमलव ११ र जीवन बीमा १५९ दशमलव ३२ बिन्दुले बढेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ९९ लाख २७ हजार १९०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड सात लाख ६४ हजार ५३८, प्रभु बैंक रु एक करोड चार लाख ६७ हजार ५३५ मूल्यमा अगाडि रहे । स्टकका अनुसार पूर्णिमा विकास बैंकका शेयरधनीले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनी आठ दशमलव ९२, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था आठ दशमलव शुन्य नौ, नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले आठ दशमलव शुन्य छ प्रतिशतले कमाएका छन् । यस्तै घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६७, सेन्ट्रल फाइनान्स कम्पनी चार दशमलव ४६, कञ्चन डेभलपमेन्ट बैंक तीन दशमलव ८२ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।
Categorized in बिजनेस