धादिङ अस्पताललाई वाटर डिस्पेन्सर प्रदान
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार
धादिङबेसी बजारस्थित महालक्ष्मी विकास बैंकले आज धादिङ अस्पताललाई तीन थान वाटर डिस्पेन्सर उपलब्ध गराएको छ ।
उक्त बैंकको २५ औँ वार्षिकोत्सवका अवसरमा प्रबन्धक खिलप्रसाद सिलवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा महेन्द्र धमलालाई बिरामीहरूका लागि तातो चिसो पानी खुवाउन सकिने सो डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो ।
उक्त सहयोगप्रति आभार प्रकट गर्दै अध्यक्ष धमलाले डिस्पेन्सरलाई अत्यधिक बिरामीले उपभोग गर्न सक्ने स्थानमा जडान गरिने प्रतिबद्धता जनाउनुभयो ।
Categorized in राष्ट्रिय


