नइका तीन कृतिको लोकार्पण
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख ३०, मंगलबार
वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।
सो जन्म जयन्ती समारोहमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गर्नुभयो ।
लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन् । दीक्षितकृत कृतिको सम्पादन श्रीमती इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गर्नुभएको छ ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा.केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य प्रकट गर्नुभयो ।
Categorized in साहित्य-कला

