नइ रजत महोत्सव तथा नइ पुरस्कार समर्पण समारोह अब असोजमा
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र १४, सोमबार
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्षदेखि नइ प्रकाशनले नइ पुरस्कार समर्पण समारोह र नइ रजत महोत्सवका कार्यक्रम स्थगित अवस्थामा रहेको थियो । यसरी स्थगित अवस्थामा रहेको सो समारोह अब आगामी असोज ९ गते काठमाडौंमा नइ रजत महोत्सव पुरस्कार र २०७६ र २०७७ सालका नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेको बेहोरा नइ प्रकाशनले सुचना जारी गरी जानकारी गराएको छ । सो सुचनामा उल्लेख गरिए अनुसार सो समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्यमाेहन जाेशीका बाहुलीबाट पुरस्कारहरु प्रदान गरिनेछ । सो समारोहमा प्रदान गरिने पुरस्कारहरु यस प्रकार रहेको छ ।
(१) महासमालोचकको उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ :
प्रा.डा. वासुदेव त्रिपाठी (बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक; पाँच लाख रुपियाँ राशि)
•
देशदेशान्तरका विविधक्षेत्रका प्रतिभालाई निम्नलिखित पुरस्कार समर्पण गरिने छ :
२०७६ सालका पुरस्कारहरु :
••
(१) ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ :
श्री दुर्गाप्रसाद श्रेष्ठ (भारत : साहित्य; दुई लाख रुपियाँ राशि)
(२) ‘नइ भावि पुरस्कार’ :
डा.गौरीशङकरलाल दास (जनप्रिय र विशिष्ट चिकित्सक; एक लाख रुपियाँ राशि)
(३) ‘नइ कीर्तिनिधि पुरस्कार’ :
इन्जिनियर श्री शङ्करनाथ रिमाल (देशभक्त चिन्तक तथा नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता; एक लाख रुपियाँ राशि)
(४) ‘नइ ईश्वर बराल पुरस्कार’ :
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी (साहित्य; एक लाख रुपियाँ राशि)
(५) ‘नइ भूपालदुर्गा पुरस्कार’ :
श्री मनीषा कोइराला (अन्तर्राष्ट्रिय स्तरको अभिनय; एक लाख रुपियाँ राशि)
(६) ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ :
श्री मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्य (मह जोडी : जनचेतनाका लागि हास्यव्यङ्य; एक लाख रुपियाँ राशि)
(७) ‘नइ भाजप पुरस्कार’ :
श्री चूडामणि रेग्मी (झापा : विशिष्ट साहित्यकार; एक लाख रुपियाँ राशि)
(८) ‘नइ चन्द्रधन पुरस्कार’ :
प्रा.डा.सोमप्रसाद खतिवडा (धर्म तथा संस्कृति; एक लाख रुपियाँ राशि)
(९) ‘नइ कोइलीदेवी पुरस्कार’ :
प्रा.दीपक जङ्गम (विशिष्ट सङ्गीतकार; एक लाख रुपियाँ राशि)
(१०) ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ :
श्रीमती गीता खत्री (साहित्य : अमेरिका; एक लाख रुपियाँ राशि)
(११) ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ :
हिरण्यलाल श्रेष्ठ (परराष्ट्रविद्; साठी हजार रुपियाँ राशि)
(१२) ‘नइ रेखा पुरस्कार’ :
श्रीमती लक्ष्मीदेवी राजभण्डारी (साहित्य; साठी हजार रुपियाँ राशि)
(१३) ‘नइ बुलु शर्मा पुरस्कार’ :
श्रीमती दुर्गा पौडेल (रुपन्देही : साहित्य; पचास हजार रुपियाँ राशि)
(१४) ‘नइ देरुनीख गौरव पुरस्कार’ :
श्री महेश थापा (साहित्य; पचास हजार रुपियाँ राशि)
(१५) ‘नइ रामलक्ष्मी पुरस्कार’ :
सोफी सुनुवार (तेस्रो लिङ्गी; पचास हजार रुपियाँ राशि)
(१६) ‘नइ देरुनीख पौरख पुरस्कार’ :
मिस मङ्गोल सुश्री सिविरा लामा (बहुआयामिक; पच्चीस हजार रुपियाँ राशि)
(१७) ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ :
श्री विनम पोखरेल (दस हजार रुपियाँ राशि)
(१८) ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ :
सुश्री कीर्ति पोखरेल (दस हजार रुपियाँ राशि)
(१९) ‘नइ देरुनीखपू बाल साहित्य पुरस्कार’ :
सुश्री आयुष्मा तिवारी (दस हजार रुपियाँ राशि)
(२०) ‘नइ देरुनीखपू बाल चित्रकला पुरस्कार’ :
सुश्री सन्ध्या खत्री (दस हजार रुपियाँ राशि)
(२१) ‘नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ :
श्री प्रोशेष पाण्डे (दस हजार रुपियाँ राशि)
(२२) ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ :
सुश्री लुँस्वां मानन्धर (दस हजार रुपियाँ राशि)
(२३) ‘नइ देरुनीखपू कोपिला गायन पुरस्कार’ :
सुश्री रेवती महर्जन (सात हजार रुपियाँ राशि)
(२४) ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’ :
सुश्री सुप्रिया विष्ट (सात हजार रुपियाँ राशि)
(२५) ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ :
सुश्री कृति राई (पाँच हजार रुपियाँ राशि) ।
२०७७ सालका पुरस्कारहरु :
••
(१) ‘नइ चन्द्रधन पुरस्कार’ :
प्रा.डा.दीर्घराज घिमिरे (सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरण; एक लाख रुपियाँ राशि)
(२) ‘नइ कीर्तिनिधि पुरस्कार’ :
श्री कमल थापा (सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमान; एक लाख रुपियाँ राशि)
(३) ‘नइ भूपालदुर्गा पुरस्कार’ :
प्रा.डा.राजेन्द्र विमल (भाषासाहित्यमार्फत नेपाली राष्ट्रिय एकतामा जोड ; एक लाख रुपियाँ राशि)
(४) ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ :
श्री नीर शाह (नेपाल टेलिभिजनको स्थापना, नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी; एक लाख रुपियाँ राशि)
(५) ‘नइ भावि पुरस्कार’ :
डा.मणिन्द्ररञ्जन बराल (जनप्रिय र विशिष्ट चिकित्सक; एक लाख रुपियाँ राशि)
(६) ‘नइ यउजा पुरस्कार’ :
सुश्री शशीकला तिवारी (विशिष्ट चित्रकार; एक लाख रुपियाँ राशि)
(७) ‘नइ ईश्वरवल्लभ पुरस्कार’ :
श्री वसन्तकुमार चौधरी (साहित्यको सिर्जना र वाङमय संस्थाको निर्माण, विश्व कविता यात्रामार्फत नेपाली भाषाको गौरव वृद्धि; एक लाख रुपियाँ राशि)
(८) ‘नइ भाजप पुरस्कार’ :
श्री सन्तोष शर्मा (म्युजिक नेपालको स्थापना गरी नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसार; एक लाख रुपियाँ राशि)
(९) ‘नइ धनरूप पुरस्कार’ :
श्री जङ्गबहादुर शाह (राजधानी बाहिर रुपन्देहीमा रहेर नेपाली भाषासाहित्यको सिर्जना ; एक लाख रुपियाँ राशि)
(१०) ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ :
श्री घनश्याम राजकर्णिकार (नियात्रापरक निबन्ध; साठी हजार रुपियाँ राशि)
(११) 'नइ बुलु शर्मा पुरस्कार’ :
श्री भवानी क्षत्री (राजधानीबाहिर झापा बसेर भाषासाहित्यको श्रीवृद्धि; पचास हजार रुपियाँ राशि)
(१२) ‘नइ देरुनीख गौरव पुरस्कार’ :
भागवत मञ्जरी श्री राधिका दासी (हिन्दूधर्म, संस्कृति र समाजसेवा; पचास हजार रुपियाँ राशि
(१३) ‘नइ देरुनीख पौरख पुरस्कार’ :
श्री युवराज अधिकारी 'स्मरण' (अध्ययन तथा कविता लेखन र विशिष्ट वाचन; पच्चीस हजार
लेखन र विशिष्ट वाचन; पच्चीस हजार रुपियाँ राशि)
(१४) ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ :
सुश्री सोइना दाहाल (दस हजार रुपियाँ राशि)
(१५) ‘नइ देरुनीखपू बाल साहित्य पुरस्कार’ :
श्री सुविन रिमाल (दस हजार रुपियाँ राशि)
(१६) ‘नइ देरुनीखपू बाल चित्रकला पुरस्कार’ :
श्री देभान्स अग्रवाल (दस हजार रुपियाँ राशि)
(१७) ‘नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ :
सुश्री सफलता श्रेष्ठ (दस हजार रुपियाँ राशि)
(१८) ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ :
सुश्री अदिति उपाध्याय (दस हजार रुपियाँ राशि)
(१९) ‘नइ देरुनीखपू बाल खेलकुद पुरस्कार’ :
श्री ऋषान्त घिमिरे (दस हजार रुपियाँ राशि)
(२०) ‘नइ देरुनीखपू कोपिला सङ्गीत पुरस्कार’ :
श्री समीर डङ्गोल (सात हजार रुपियाँ राशि)
(२१) ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’ :
सुश्री युकी कुँवर (सात हजार रुपियाँ राशि)
(२२) ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ :
सुश्री दृश्ना महर्जन (पाँच हजार रुपियाँ राशि) ।
त्रिमुर्ति निकेतनले वाङ्गमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद् सत्यमोहन जोशीको शुभ जन्मोत्सव को दिन अर्पण गरिने भनि तय गरिएको विभिन्न व्यक्तित्वहरुलाई सत्यमोहन जोशी शताब्दि पदक अर्पण कार्य पनि कोरोना संक्रमणको जोखिमको कारणले लागु गरिएको कारण स्थगित भएको थियो भने नइ प्रकाशन र त्रिमुर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी गराए अनुसार यो पदक अर्पण गर्ने तिथिमिति हाल तय नभइसकेको बुझिन आएको छ भने यस सम्बन्धि निर्णय आगामी भदौ २५ गते बस्ने बैठकले गर्ने सदस्य सचिव प्रसाईले बताएका छन् ।
Categorized in साहित्य-कला

