STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७।७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताउनुभयो ।
नगरपालिकाले आयतर्फ आन्तरिक स्रोतबाट रु ११ करोड ८६ लाख ४३ हजार र बाह्य स्रोतबाट रु ७९ करोड ९७ लाख ९८ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले विभिन्न समस्याका कारण आन्तरिक आयतर्फ रु २५ करोडको लक्ष्य लिए पनि उपलब्धि हासिल गर्न नसकेको बताउँदै उहाँले असार समान्तसम्म रु २२ करोड पु¥याउने गरी काम भइरहेको बताउनुभयो । 
नगरपालिकाले खर्चतर्फ कूल स्वीकृत बजेटको ३४।४८ प्रतिशत मात्र खर्च गरेको छ । चालू खर्चतर्फ रु २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ भने रु १८ करोड २२ लाख २५ हजार मात्रै खर्च गरेको छ । नगरप्रमुख श्रेष्ठले करीब रु ५२ करोड पूँजीगत खर्च भइसके पनि फस्र्यौट हुन बाँकी रहेकाले कम देखिएको दाबी गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च पुग्ने बताउनुभयो ।
 
नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख  ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक जात्रा, पर्व एवं सम्पदालगायतका अमूर्त मृर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुरथिमि गुरुयोजना निर्माणकार्य भइरहेको र यसका लागि प्रदेश नं ३ सरकारबाट रु एक करोड प्राप्त भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय