नयाँसडकको एक घरमा आगलागी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिका २२ वडा न्युरोडस्थित एक घरमा आइतबार साँझ आगलागी भएको छ ।
विद्युतीय तार सर्ट भएपछि स्थानीय राजेन्द्र महर्जनको घरमा आगलागी भएको हो ।
आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । महानगरीय प्रहरी बृत्त जनसेवाले जनाए अनुसार आगो पूर्ण नियन्त्रणमा आइसकेको छ । जुद्ध बारुद यन्त्रको टोलीले आगो नियन्त्रणमा लिएको हो ।
Categorized in अपराध-दुर्घटना