STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ नक्साअनुसार संसदको लोगो परिमार्जन गर्ने निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो ९प्रतीक० र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल नेपालको संघीय संसदको लोगोमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र छुटेको छ । राष्ट्रियसभाले संघीय ससदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधिसभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ । राष्ट्रियसभाको बैठक जेठ १२ गतेका लागि तोकिएकामा त्यस दिन मुस्लिम समुदायको इदुल फित्र चाड पर्काले जेठ १३ गतेका लागि तोकिएको छ ।
Categorized in राष्ट्रिय