STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ वानेश्वरका तीन घर सिल

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

काठमाडाैं (रासस) - कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ। प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिएका छन्। ट्रेसिङ गरिएकाहरूको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ। ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए। सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ। कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ।
Categorized in राष्ट्रिय