STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नरभक्षी आन्दोलनका दिन गए : ओली

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले नरभक्षी आन्दोलन भन्नुभएको हो। प्रष्ट भए हुन्छ नेपालमा अब कसैले पनि नरभक्षी आन्दोलन गर्न सक्दैन।’ 

उनले सभामा उपस्थिति संख्याले आफ्नो समूहको आधिकारिकता पुष्टि गरेको र आफ्नो पार्टी नै मुल पार्टी रहेको दाबी गरे ।

जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् ।

शुक्रबार नारयणहिटी परिसर अगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनु भएको छ । गल्ती उहाँहरूले गर्नु भएको छ तर क्षतिपूर्ति हामी दिन्छौँ। ’

उनले आफूहरूको सभा रोक्न  प्रचण्ड माधव नेपाल समूहले बाटोमा खाल्डो खन्ने  र कतिपय ठाउँमा बम राख्ने काम गरेको पनि आरोप लगाए । 

Categorized in राजनीति