नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ७, मंगलबार
दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ ।
दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ ।
यस आगलागीमा अन्य ३६ जना घाइते भएका योन्हापले जानकारी दिएको छ । स्थानीय समयाअनुसार मङ्गलबार ९ः३० बजे आगोलागी शुरु भएको थियो ।
करिब १ सय ३० जना बृद्धहरुलाई नर्सिङ सुविधा दिएर राखिएको यस अस्पतलामा घाइते भएकाहरुमा छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय