STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नलगाड जलविद्युत्को मुआब्जा वितरण यसै वर्ष सकिने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार

लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो । अब बाँधस्थलका स्थानीयवासीको जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको काम शुरु हुने मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि रकम अभावका कारण काममा तीव्रता दिन सकिएको थिएन, अहिले पूरै बजेट व्यवस्था गरेर ‘ब्रेकथु्र’ गरेका छौँ ।” मुआब्जा वितरण गरिएको ठाउँमा यो भन्दा अगाडि प्रतिरोपनीको रु चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो । अब जग्गाको मूल्याङ्कन गरेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाई नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरणको काम हुनेछ । अब केही दिनमै प्रभावित क्षेत्रको जग्गा रोक्का गर्ने कार्य शुरु हुने कम्पनीले जनाएको छ । एक हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण हुने नलगाड जलविद्युत् कम्पनीले जानकारी दिएको छ । बजेट अभावमा जग्गा अधिग्रहणको काम रोकिएकामा अब पूर्णरूपमा अधिग्रहण गरी काम सुरु हुनेछ । प्रत्येक वर्ष सरकारले बजेट छुट्याए पनि बजेट अपुग हुँदै काम अगाडि बढ्न सकेको थिएन । कम्पनीको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० काम चार महीनाभित्र सकिने सम्भावना रहेको कम्पनीका इञ्जिनीयर पदम थापाले जानकारी दिनुभयो । स्मेक, एमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ । तोकिएको समयमा प्रतिवेदन दिन नसकेको कन्सलटेन्टलाई छ महीना मिति थपिएको भए पनि, थपिएको मिति सकिनसमेत एक महीना बाँकी रहँदा काम पूरा नहुने देखिएको छ । बत्तीस महीनाभित्र निर्माणकार्य पूरा गर्ने भनी सम्झौता गरिएको भए पनि सो निर्धारण गरिएको समयमा काम पूरा नहुँदा छ महीना थपिएको थियो । सामग्री ढुवानी, सुरक्षा अनि विस्फोटक पर्दाथको समयमा आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको कन्सलटेन्टले बताएको छ । यो आयोजना निर्माण भएमा ४१० मेघावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह निर्माण हुनेछ । तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३८ महीनादेखि काम शुरु भए पनि पूरा भएको छैन । विद्युत्गृह निर्माणका लागि तीन सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम शुरु भए पनि मिति सकिन एक महीना बाँकी रहँदासम्म २३५ मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर थापाले बताउनुभयो । सरकारले अबको १० वर्षभित्र सात प्रदेशमा १२ ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना अघि बढाउने योजना अगाडि सारेको थियो । त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य भर्खर शुरु भएको छ । डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँबानेश्वरले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्या भएकामा अहिले पुनः काम गर्न थालेको थापाले बताउनुभयो । उक्त कामका लागि रु ८८ लाखमा ठेक्का लिएर रु ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएपछि सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहलगायतको टोलीले चर्को दवाब दिएपछि पुनः काममा फर्केको छ । ताँसुगाड जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेर नलगाड जलविद्युत् कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ । दुई वर्षभित्र प्रतिवेदन बुझाउने सम्झौता भए पनि डिजाएडले पाँच वर्ष पूरा भए पनि प्रतिवेदन बुझाएको छैन । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ को दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणकार्यका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरणकार्य शुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । जाजरकोटका सात स्थानीय तहमा केन्द्रीय लाइन विस्तार अभियानकार्य ७० प्रतिशत पूरा भएको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताउनुभयो ।
Categorized in राष्ट्रिय